१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदुरपश्चिम क्षेत्रमा घट्दै एचआइभी सङ्क्रमित



अ+ अ-

डोटी । एचआइभी सङ्क्रमितको क्षेत्रमा सुदुरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय सङ्क्रमित सङ्ख्या घट्न थालेको छ । पछिल्लो तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या घट्न थालेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ । पछिल्ला तीन वर्षयताको तथ्याङ्क हेर्दा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ एचआइभी सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले भने, “जिल्लामा एचआइभी सङ्क्रमितको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ तर अर्थाभावका कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ ।” जिल्लामा हाल नियमित एआरटी सेवन गरिरहेका सङ्क्रमित अन्य स्वस्थ मानिससरह रहेका उनले जानकारी दिए ।

राज्यले एचआईभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुखःमा पर्ने गरेका सङ्क्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले बताए । उनले भने, “हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका त्यस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।” पछिल्लो समय देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो पूर्वीचौकी गाउँपालिकाकी एचआइभी सङ्क्रमित रमा कुँवरले गरे ।

सङ्क्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघुउद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए । त्यस्तै छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५/६६ मा २२२, २०६६/६७ मा ९३, २०६७/६८ मा १३०, २०६८/६९ मा ९९, २०६९/७० मा ८६, २०७०/७१ मा ८१, २०७१/७२ मा ७३, २०७२/७३ मा ६६ र आव २०७३/७४ मा ६७ नयाँ एचआइभी सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख छ ।

उक्त तथ्याङ्कअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने बढी छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका श्रीमतीमा बढी देखिने गरेको छ ।