२४ भाद्र २०८३, बुधबार
,
Latest
चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’



अ+ अ-

कास्की । १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर उनले सागमा सहभागी खेलाडीले देखाएको प्रदर्शनले निकै हर्षको अनुभूति गराएको र आगामी दिनमा समेत अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न पोखरा सक्षम छ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गरेका छन् ।

साग आयोजनाले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको र प्रतियोगिताका क्रममा खेलाडी तथा अफिसियलको पोखरा बसाइँ सुखद् र यादगार बनाउन भूमिका खेल्ने होटल व्यवसायी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम पोखरेली खेलप्रेमीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।

पोखरामा आयोजना गरिएको आर्चरी, फुटबल (महिला), ह्याण्डबल (महिला/पुरुष), बिचभलिबल (महिला/पुरुष), भारोत्तोलन (महिला/पुरुष), ब्याडमिन्टन (महिला/पुरुष), ट्रायथोलन (महिला/पुरुष) र क्रिकेट (महिला) का खेल भव्यताका साथ सम्पन्न भएकासमेत संयोजक पुनले उल्लेख गरेका छन् । पोखरामा सम्पन्न खेलमा खेलाडी र प्रशिक्षक ८४२ तथा रेफ्री र निर्णायक ४९४ गरी एक हजार ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।