१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युआरएल पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित



अ+ अ-

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापित स्वास्थ्य पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सुरेन्द्र पौडेल सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याउने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सो संस्थाको छैँटौं वार्षिक साधारणसभाका अवसरमा उक्त पुरस्कारबाट पत्रकार पौडेललाई सम्मान गरेको हो ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन आहारविहार, जीवनशैली र स्वास्थ्य परीक्षणको सुलभ व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नागरिकलाई स्वस्थ बनाउन आमाहरुलाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याए। गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठले प्रयोगशाला र चिकित्सक एकअर्काका परिपूरक भएको उल्लेख गर्दै रोगको निदान र उपचारका लागि गुणस्तरीय ल्याबको महत्वपूर्ण भूमिका रहने बताए ।

निजी अस्पतालको साझा सङ्गठन (अफिन) का अध्यक्ष अशोक पालिखेले स्वास्थ्य संस्था सञ्चालनमा अनेक व्यवधान उत्पन्न हुने गरेको बताउँदै प्रशासनले कानुनअनुसार कमजोरी गर्नेलाई कारवाही गर्नुभन्दा पनि मिल भन्ने गरेको बताए। युआरएलका अध्यक्ष सुशील थापाले संसारमा रगतका करीब तीन हजारथरि परीक्षण हुने उल्लेख गर्दै गण्डकी प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउनतर्पm लागेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु व्यवसायीको कर्तव्य भएको बताए । कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक हरि बाँस्तोलाले पोखरामा बिट पत्रकारिताको खाँचो औंल्याउँदै पोखरामा ३० अस्पताल, १५० प्रयोगशाला, ठूलो सङ्ख्यामा रहेका मेडिकलले सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।