१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला



अ+ अ-

काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् ।

उद्धार टोलीले अझै बेपत्ता रहेका दुई बासिन्दाको खोजी भग्नावशेषमा जारी राखेका छन् । सेनाले आईतवार उत्तरी तटीय शहरको बहुतले भवनमा प्रत्यक्ष प्रहार भएर ध्वस्त भएको बताएको छ ।

उक्त मिसाइल त्यस साँझ उत्तरी र दक्षिणी इजरायलतर्फ प्रहार गरिएका धेरै मिसाइलहरूमध्ये एक थियो । जसले क्षेत्रहरूमा हवाई आक्रमणको साइरन बजाएको थियो ।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा बढ्दो हिंसाका बीच यो आक्रमण भएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल