९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीलाई खुसुखुसु प्याज पठाउने भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । आलु भन्दै प्याज खुसुखुसु नेपाल पठाउने एक व्यापारीलाई भारतीय अधिकारीहरूले पक्राउ गरेका छन्।

उत्तरप्रदेशको महाराजगञ्ज जिल्ला नौतुनवाका व्यापारी सनी मधेसियालाई डाइरेक्टर अफ रेभेन्यू इन्टेलिजेन्सका अधिकारीले गत शुक्रबार बिहान सबेरै पक्राउ गरेका हुन्।

निर्यातमा प्रतिबन्ध लगाए पनि सीमावर्ती बजारका यी व्यापारीले खुसुखुसु नेपाल प्याज पठाइरहेको सूचना रेभेन्यू इन्टेलिजेन्सका अधिकारीहरूलाई पुगेको थियो। भारतीय अधिकारीहरूले नेपाली अधिकारीहरूलाई पनि यसबारेमा समन्वय गरेका थिए। अनुसन्धानका क्रममा मधेसियाले आलुको बिल बनाउँदै प्याज नेपाल पठाइरहेको खुलेको थियो।