काठमाडौं । आलु भन्दै प्याज खुसुखुसु नेपाल पठाउने एक व्यापारीलाई भारतीय अधिकारीहरूले पक्राउ गरेका छन्।
उत्तरप्रदेशको महाराजगञ्ज जिल्ला नौतुनवाका व्यापारी सनी मधेसियालाई डाइरेक्टर अफ रेभेन्यू इन्टेलिजेन्सका अधिकारीले गत शुक्रबार बिहान सबेरै पक्राउ गरेका हुन्।
निर्यातमा प्रतिबन्ध लगाए पनि सीमावर्ती बजारका यी व्यापारीले खुसुखुसु नेपाल प्याज पठाइरहेको सूचना रेभेन्यू इन्टेलिजेन्सका अधिकारीहरूलाई पुगेको थियो। भारतीय अधिकारीहरूले नेपाली अधिकारीहरूलाई पनि यसबारेमा समन्वय गरेका थिए। अनुसन्धानका क्रममा मधेसियाले आलुको बिल बनाउँदै प्याज नेपाल पठाइरहेको खुलेको थियो।