१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ट्रम्पको चेतावनीपछि इजरायलले इरानी ग्यास उद्योग परिसरमा आक्रमण

ट्रम्पको चेतावनीपछि इजरायलले इरानी ग्यास उद्योग परिसरमा आक्रमण
अ अ+ अ-

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका लागि पुनः नखोलिएमा नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीको समयअवधि सकिनै लागेको समय सोमबार इजरायलले इरानको सबैभन्दा ठूलो ग्यास उद्योग परिसर (पेट्रोकेमिकल कम्प्लेक्स) मा आक्रमण गरेको छ ।

अमेरिका र इजरायलले इरानी संरचना र नेतृत्वलाई निशाना बनाएपछि इरानले बदलामा इजरायल, कुवेत र संयुक्त अरब इमिरेट्सविरुद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । इजरायली आक्रमणमा सोमबार एक इरानी सेना (रिभोलुसनरी गाड्र्स)का कमाण्डरको मृत्यु भएको थियो ।

राष्ट्रपति ट्रम्पले सर्वसाधारण लक्ष्यमा आक्रमण गरेमा इरानले पनि अझ बढी विनाशकारी आक्रमण हुने बताएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार चेतावनी दिँदै भन्नुभएको थियो, “यदि तेहरानले ‘हर्मुज जलमार्गमा आक्रमण मङ्गलबार बेलुका ८ः०० बजे सम्म जहाजको लागि पुनः खोल्ने आफ्नो मागलाई स्वीकार गरेन भने इरानी पुल र पावर प्लान्टहरूमा अमेरिकाले आक्रमण गर्नेछ ।”

इरानले एक महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्ग ‘हर्मुजको घाँटी’मा शत्रुका जहाज आवागमनमा प्रतिबन्ध लगाइएको बताएको छ। यसले सहज आपूर्ति हुन नसक्दा तेल र ग्यासको मूल्य बढेको छ र विश्वभरका देशहरूलाई यसको असर कम गर्न उपायहरू लागू गर्न दबाब परेको छ।

आइतवार एक पोस्टमा ट्रम्पले लेख्नुभएको छ, “स्ट्रेट (हर्मुजको घाँटी) खोल वा दुर्भाग्यको सामना गर्न तयार होउ।”

सोमबार इजरायलले इरानको खाडी तटमा रहेको असालुयाहस्थित इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेको बताएको थियो ।

इजरायली रक्षामन्त्री इजरायली काट्जका अनुसार यो स्थलले देशको पेट्रोकेमिकल उत्पादनको लगभग ५० प्रतिशत हिस्सा ओगटेको छ, जसको मूल्य ‘दशौं अर्ब डलर’ हो।

इरानको रिभोलुसनरी गार्डले पछिल्लो आक्रमणअघि हर्मुज ’खासगरी अमेरिका र इजरायलका लागि आफ्नो पुरानो हैसियत कहिल्यै नफर्किने बताएको थियो ।

गाड्र्सले सोमबार टेलिग्राममा पोस्ट गर्दै आफ्ना गुप्तचर प्रमुख माजिद खादेमी बिहान सबेरै अमेरिका–इजरायली आक्रमणमा मारिएको पनि पुष्टि गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भन्नुभएको छ, “हामीलाई हानि पुर्याउन खोज्ने जोसुकैसँग पनि हामी पुग्न सक्छौँ । यो षमता इजरायलसँग छ।” इजरायलको रक्षा मन्त्रालयले एरो मिसाइल इन्टरसेप्टरको उत्पादन पनि बढाउने बताएको छ, जुन देशको बहुस्तरीय हवाई प्रतिरक्षाको हिस्सा हो।

हिंसा बढ्दै जाँदा लडाइँ रोक्न सम्भावित धक्काको रिपोर्टहरू बाहिर आएका छन् । अमेरिका, इजरायली र क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै अमेरिकी समाचार वेबसाइट एक्सियोसले पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा ४५ दिने युद्धविरामका र थप स्थायी शान्तिका लागि वार्ताको लागि छलफल भइरहेको जनाएको छ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले आइतबार इजिप्टका अधिकारीहरू अमेरिकी दूत स्टिभ विटकोफ र इरानका विदेशमन्त्री अब्बास अराघचीसँग वार्तामा संलग्न रहेको पुष्टि गर्नुभएको थियो ।

उहाँको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षेत्रको सैन्य अवस्थालाई नियन्त्रण गर्र्नेे उपायबारे विचार र प्रस्तावहरू आदानप्रदान भएका छन्।”

फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौताको नजिक रहेको बताए पनि इरानले अमेरिका र इजरायलसँग कुनै पनि प्रकारको वार्ताको खण्डन गर्दै आएको छ ।

युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले ‘कूटनीतिक समाधान’ को माग गर्नुभएको छ । “कुनै पनि नागरिक पूर्वाधार, अर्थात् ऊर्जा सुविधाहरूलाई लक्षित गर्नु अवैध र अस्वीकार्य छ,” कोस्टाले भन्नुभयो ।  (रासस/एएफपी)