१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तीजन्य पदार्थ विक्री वितरणमा निषेध



अ+ अ-

बनेपा । धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण निषेध गर्ने अभियान सुरु गरेको छ । ययक्रममा नगरपालिकाले बजार अनुगमन कार्य समेत सुरुआत गरेको छ ।
नगरपालिकाका उपप्रमुख विमला शर्माको नेतृत्वको टोलीले वडा नं ११ पात्लेखेत र वडा नं ७ सञ्जीवनी बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको सोमबार अनुगमन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण लिएको नगरपालिकाले जनाएको छ ।
चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ । वडा नं ११ का किराना पसल सञ्चालक गीता खत्रीले अनुगमनको क्रममा फेला पारेका चुरोट र सुर्तीजन्य पदार्थ नियन्त्रण नगरी सचेत गराई रोक लगाउनुपर्ने बताउनुभयो ।

व्यवसायि भरतकुमार धितालले अनुगमनको क्रममा पहिलोपटक सचेत मात्रै गराएर फेला पारेका सुर्तीजन्य सामग्री फिर्ता हुनुपर्ने माग गर्नुभयो । अनुगमन टोलीका नगर शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स साना विद्यार्थीमा लत बस्ने, भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको वताउनुभयो ।
सो क्रममा टोलीले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दामुनिका बालबालिकालाई विक्री वितरण नगर्न निर्देशन समेत दिएको छ । नगर उपप्रमुख शर्मा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्षहरु, नगरपालिकाका कर्मचारी र प्रहरी प्रशासनसहितको टोलीले करिब तीन दर्जन पसल तथा होटलको अनुगमन गरेको थियो । नगर उपप्रमुख शर्माले स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यसक्रममा विद्यालय क्षेत्र वरपरको बजार अनुगमन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अनुगमनका क्रममा हामीले विद्यालय र कलेज आसपासमा विद्यार्थीलाई लतमा पार्ने खालका सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले त्यस्तो वस्तुमा रोक लगाउन नगरपालिकाले अनुगमन शुरु गरेका हौँ ।