३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काँग्रेस संसदीय दलको नेता सहमतीमा नै चयन हुन्छः अर्जुननरसिंह केसी

काँग्रेस संसदीय दलको नेता सहमतीमा नै चयन हुन्छः अर्जुननरसिंह केसी
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी पार्टी संसदीय दलको नेता सहमतीमा चयन हुने दावी गर्नुभएको छ ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । संसदीय दलको नेताको आकांक्षी नेता केसीले आफूले संघीय संसदमा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनको काममा ढिलाई हुन गएको समेत स्पष्ट पार्नुभयो । सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि काँग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाई गर्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो । नेता केसीले दलको नेतामा केही नेताहरुको दावी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतीमा चयन हुने जिकिर पनि गर्नुभयो । उहाँले २–३ दिन भित्र काँग्रेस संसदीय दलको नेता चयन हुने समेत बताउनु भयो ।

नेता केसीले भन्नुभयो,‘यो हप्ता भित्रै हामी हामी दलको नेता टुंगो लगाउछौं । अब प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको नाताले ससदमा सभामुखको दायित्व निर्वाह गर्नुपर्ने भएकाले जबसम्म सभामुखको दायित्व निर्वाह गरियो, तवसम्म पार्टीको कुनै कार्यक्रम र पार्टीगत रुपबाट सहभागी हुन नहुने भएको हुनाले हाम्रा पदाधिकारी साथीहरुले स्थगित गर्नुभएको हो । भोली नै हाम्रो संसदीय दलको मिटिङ बस्दैछौ । २,३ दिन भित्रै हामी यसलाई टुंग्याउँछौँ । यो अत्यन्तै ठूलो जटिल विषय होइन । दलको नेतामा दावी हुनु स्वभाविक कुरा हो । सबैको दावीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौ, त्यो सहमतीमा गर्छौ । अहिले को ब्याक हुने, को अगाडि बढ्ने भन्दा पनि सहमतीमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’

नेता केसीले सभामुख गरिमामय पदभएकाले संसदको विशेषाधिकारको संरक्षण हुनेगरी भुमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिनुभयो । –न्युज एजेन्सी नेपाल