१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह



अ+ अ-

सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दह पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।

कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।” आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक पनि यो दहमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण दहमा रमाउन पुग्ने गरेका छन् ।

पछिल्लो समय यो दहमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी सम्वत्, नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण यो दह खचाखच भरिएको हुन्छ । हिजो÷आज दैनिक १० देखि १५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् ।

यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको स्थानीयवासी श्याम यादवले बताउनुभयो ।

वडाध्यक्ष रमानन्द चौधरीका अनुसार ठाकुरबाबा तालका रुपमा चिनिएका यो दह प्राकृतिक रुपमा सुन्दर र मनोरन्जनका दृश्यले भरिपूर्ण छ । तालको उत्तरपट्टीको भागमा हरियो जङ्गलभित्र पिकनिक अर्थात वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ । त्यस्तै खानेपानी, शौचालयका साथै तालमा डुङ्गाको ९बोटिङ० व्यवस्थासमेत गरिएको छ ।

सप्तरी सदरमुकाम राजविराजको हुलाकी सडकखण्डदेखि कञ्चनपुर रोड हुँदै करीब १३ किलोमिटर ग्राभेल कच्ची बाटो रहेको लोहजारा दह अर्थात ठाकुरबाबा तालले ११ दशमलव ९ किलोमिटर क्षेत्रफल ओगटेको छ । चुरे जङ्गलको ८३ दशमलव १३ हेक्टर क्षेत्रफलसँग जोडिएको तालमा, रहु, नैनी, भाकुर, बिघेट, सिलबर, कमनकारजस्ता माछाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा शयर, विभिन्न प्रजातीका पंक्षीहरु र त्यहाँका मनोरम वातावरणले जो कोही लठ्ठिने गरेको वडाध्यक्ष चौधरीको भनाइ छ ।

पछिल्लो पटक प्रदेश नं। २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र तिरहुत गाउँपालिकाको सहयोगमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम सम्पन्न भएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वार लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौन्दर्यतामा रौनकता थपिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा लोहजारा दहको प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वारलगायतका कार्य अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौदर्यतामा रौनकता थपिएको छ ।

ठाकुर बाबा दहको नामले समेत परिचित उक्त दहलाई तात्कालीन नेपाली सेनाको टोलीले संरक्षण एवम् जिर्णोद्धार गरी समुदायलाई हस्तान्तरण गरेका थिए । पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी जिर्णोद्धार गरिएको उक्त स्थलको उद्घाटन तात्कालीन राष्ट्रपति रामवरण यादवले गर्नुभएको थियो ।

यद्यपि दह क्षेत्रमा अझैं पूर्वाधार तथा सुविधाको अभाव रहेकाले आफू संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप सहयोगका लागि पहल जारी राखेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

लोहजरा दहजस्तो अर्को मनोरम एवं पर्यटकीय गन्तव्य नरहेको दाबी गर्दै उहाँले यसको व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास जारी राखेको बताउनुभयो । “अवको केही वर्षभित्रै यो दहलाई देशकै नमूना दहको रुपमा स्थापित गराउने र टाढा टाढाबाट पर्यटक लोभ्याउन महोत्सवको आयोजनासमेत गर्ने गृहकार्यमा जुटेका छौं”, वडाध्यक्ष चौधरीले भन्नुभयो ।

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको लोहजार दह अर्थात ठाकुरबाबा तालमा वाह्य पर्यटकलाई आकर्षित गराउनका लागि यसको प्रसारप्रसारमा जोड दिनुपर्नेमा स्थानीयवासी एकमत देखिएका छन् ।