९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हिंसा रोक्नको लागि आर.एन. वुमेनको १६ दिने अभियान सम्पन्न



अ+ अ-

काठमाडौं । महिलामाथि हुने हिंसा रोकथामको लागि रिकभरिङ नेपाल वुमेनले १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०’ को आयोजना गरेको छ । उक्त अभियानको आज अन्तिम दिनमा आयोजक संस्था आर.एन. वुमेनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त १६ दिने अभियानबारे जानकारी गराएको हो ।

‘लागु औषध विरुद्धको लडाईले हिंसालाई सक्षम बनाउँछु, लागु पदार्थको प्रयोग हिंसा र दुरुपयोगको लागि बहाना होईन’ भन्ने मूल नाराका साथ उक्त अभियान चलाईएको रिकभरिङ नेपाल वुमेनकी टिम लिडर सोनाम शेर्पाले जानकारी दिईन् । उनकाअनुसार गत नोभम्बर २५ मा काठमाडौंदेखि सुरु गरिएको उक्त अभियान नोभेम्बर २६ देखि काठमाडौं उपत्यकाबाहिर एकैसाथ ७ वटा प्रदेशमा डिसेम्बर ९ सम्म अभियान चलाईएको थियो । उनले भनिन्,‘हामीले यो अभियान सातवटै प्रदेशमा सञ्चालन गर्यौं, आज अन्तिम दिन काठमाडौंमा गरियो ।’ उनकाअनुसार उक्त अभियान सञ्चालनको लागि आफूहरुलाई हानी न्यूनीकरण अन्तर्राष्ट्रिय नेटवर्क (रिन) ले सहयोग गरेको छ ।

प्रत्येक वर्ष डिसेम्बर १० मा महिला हिंसाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तरर्राष्ट्रिय अभियान मनाईदै आईएको छ । यसै सम्बन्धमा आर.एन. महिला र हानी न्यूनीकरण अन्तरर्राट्रिय नेटवर्कले लागुऔषध प्रयोग गर्ने महिलाविरुद्ध हुने हिंसालाई सबै प्रकारले अन्त्य गर्न आह्वान पनि गरेका छन् । हिंसाविरुद्धको अन्तरक्रियामा लागुऔषधमा फसेका महिलाहरुलाई समाजमा अन्य नागरिकजस्तै सम्मान पाउनुपर्नेमा जोड दिईएको छ ।
कार्यक्रममा राजनितिक विशलेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले मानिसहरुलाई स्रोत धेरै भएको र उक्त स्रोतलाई कसरी न्यून गर्ने कुराको कारण लागुऔषध प्रयोगकर्ता समाजमा बढेको तर्क गरे ।

उनले भने,‘छोराले लागुऔषधी प्रयोग गर्दा छोरालाई विभिन्न माध्यमबाट लागुऔषधीको प्रयोगलाई छुटाउन प्रयास गरिन्छ । तर महिलाले गर्यो भने घरबाटै निकाला गर्न र बीच बाटोमै छोड्ने गरिन्छ । विश्वव्यापी रुपमा महिलाको अवस्था गाह्रो रहेको छ ।’

लागुऔषधमा फसेको महिलालाई बीच बाटोमा छोड्न नहुने उनको तर्क छ । केसीले थपे,‘उनीहरुलाई सकेको सहायता गर्नुपर्छ । सरकार पक्षनै बेचबिखनमा संलग्न छ ।’ महिला बेचबिखन गर्ने मानिसनै भोली गएर ठूलो पदवी सम्हालेर बस्ने गरेको बताए । सरकार यसबारेमा कमजोर रहेको समेत बताए ।

उनले नेपालमा शिक्षक वर्ग दबिएको कारण महिला हिंसा बढेको पनि टिप्पणी गरे । महिलाहरु आर्थिक, राजनितिक र सामाजिक शोषणमा परेको पनि उनको भनाई छ । ‘महिलाहरु विशेषगरि पुरुषबाट बढि शोषित भएका छन्’–उनले भने ।

महिलाहरु हिंसाको शिकार भएकोले उनीहरुलाई यसबाट मुक्त गराउन जरुरी रहेको केसीको जोड थियो । लागुऔषध, अपाङ्गता भएका र तेस्रो लिङ्गको व्यक्तिहरु समाजबाट उपेक्षित भएको उनको धारणा छ ।

कार्यक्रममा रिकभर नेपाल वुमेनकी अध्यक्ष सर्मिला बैद्यले महिलाप्रति भएको दुःखलाई हेरेर आफूहरुले उक्त संस्थाको स्थापना गरेको स्पष्ट पारिन् । उनले लागुऔषधमा संलग्न रहेका महिलाहरुको लागि कोही पनि नभएको बताईन् ।
लागुऔषधमा फसेको महिलाहरु घरपरिवार र समाजबाट उपेक्षीत भएको उनको भनाई छ । उनकाअनुसार सन् २००५ मा स्थापित भएको उक्त संस्थाले अहिलेसम्म खासै प्रगति गर्न नसकेको भन्दै दःुख व्यक्त गरिन् । महिलालाई कुलतबाट बचाउन निकै गाह्रो भएको समेत उनको भनाई छ । उनले महिलाको पीडालाई बझन् आवश्यक रहेकोमा जोड दिएकी छिन् ।
त्यसैगरि सेभ द चिल्ड्रेनकी अभिभावक सुवोधी रायमाझीले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुने १६ दिने अभियान सक्रियताका साथ सञ्चालन हुँदै आएको सुनाईन् । उक्त अभियानलाई जोड दिएर लागुऔषध र महिला हिंसामा परेको महिलालाई आफूहरुले सकेको सहायता गरिरहेको बताईन् ।
उनले लागुऔषधमा फसेको महिलाहरु पनि मानव अधिकारको अधिनमा पर्छ भन्ने कुरालाई स्पष्ट पारिन् । सामाजले लागुऔषध प्रयोग गर्ने महिलालाई हेर्ने नजरमा समाजले सुधार ल्याउनुपर्ने बताईन् । ‘जस्तोसुकै महिलाले पनि आफ्नो अधिकार पाउनु आवश्यक छ । कोही पनि महिला अधिकारबाट बञ्चित हुनुहुँदैन् ।’ उनले भनिन् ।