१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-


काठमाडौंः सरकारी स्वामित्वको कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंकले गत आवामा घोषणा गरेको उक्त लाभांश अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत बढी हो।

साथै बैंकले सरकारको अग्राधिकार शेयर वापतको ५ अर्ब ४३ करोड पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको थियो। अघिल्लो आर्थिक वर्षमा बैंकले ६ प्रतिशत बोनस र १५.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।