१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न
अ अ+ अ-

भोजपुर। भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ । यही चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिका गरी तीन स्थानीय तहको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।

मुन्दुम पदमार्गको प्रचार–प्रसार तथा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।

सो रेसअन्तर्गत भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको दौड आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६० किलोमिटर दूरी पार गर्ने रुट तय गरिएको थियो ।

प्रतियोगितामा ६० किलोमिटर पुरुष खुलातर्फ ओखलढुङ्गाका विनोद थापा मगर ६ घण्टा ५० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम हुनुभयो । खोलुखुम्बुका अर्जुन कुलुङ द्वितीय र मिलन राई तृतीय हुनुभयो ।

विजेताले क्रमशः नगद ८० हजार, ६० हजार र ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । महिलातर्फ खुल्ला ६० किलोमिटर दौडमा खोटाङकी निर्मला राई प्रथम, रोल्पाकी आश्मा विक द्वितीय र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तृतीय हुनुभयो । उहाँहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ८० हजार, ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

पुरुष खुल्ला ४५ किलोमिटर दौडमा काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू द्वितीय र भोजपुरका उमेश राई तृतीय हुनुभयो । उहाँहरूले पनि ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । महिला ४५ किलोमिटरतर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोश्नी बुढा द्वितीय र भोजपुरकी रुश्मा राई तृतीय हुनुभयो ।

उहाँहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । भेट्रान (४० वर्षमाथि) पुरुषतर्फ धरानका यामनाथ लिम्बु प्रथम, विजय राई द्वितीय र रेशम लिम्बू तृतीय हुनुभयो ।

उहाँहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नुभएको आयोजक समितिका अध्यक्ष सन्दिप किरावाले जानकारी दिनुभयो । भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र विनिता राई द्वितीय बन्नुभयो ।

उहाँहरूले क्रमशः २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । रासस