१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश सभाको १७ औँ अधिवेशन चैत २४ गतेबाट



अ+ अ-

मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक यही चैत २४ गते अपराह्न ४ः०० बजे बस्ने गरी बैठक आह्वान गर्न बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोही बैठकले ११औँ तहका इन्जिनियर राजु श्रेष्ठलाई बागमती प्रदेश भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा बागमती प्रदेशका आर्थिक तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

यसैगरी बैठकले कृषि विशेषज्ञ गौरीमानसिंह श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो । सोही बैठकले प्रदेशको विभिन्न जिल्लामा चालु आवमा सञ्चालन हुने बहुवर्षीय योजनालाई ठेक्का लगाउने विषयमा ऐन संशोधन गर्न स्वीकृत प्रदान गरेको छ ।

त्यस्तैगरी बैठकले नवीन सिंहलाई भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा प्रदेशका विभिन्न मन्त्रालयमा रिक्त भएका सचिव पदको पदस्थापनाका लागि जिम्मेवारी बोक्ने निर्णय गरिएको प्रवक्ता तामाङले बताउनुभयो । रासस