काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको थप ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्ने समेतका अनुसन्धान सम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको भन्दै म्याद थपको निर्णय गरेको हो।
ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।











