११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेलको शपथ ग्रहण आज ५:१० बजे सर्वोच्च अदालतमा हुने



फाइल फोटो
अ+ अ-

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको शपथ ग्रहण आज सर्वोच्च अदालतमा हुने भएको छ ।

शपथ ग्रहण कार्यक्रम आज साँझ ५:१० बजे सर्वोच्च अदालतमा आयोजना गरिनेछ । सोही कार्यक्रममा उनलाई महान्यायाधिवक्ताको रूपमा औपचारिक रूपमा शपथ गराइनेछ ।

सरकारले आजै बसेको मन्त्रिपरिषद् बैठकमार्फत डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिसँगै उनले सरकारको प्रमुख कानुनी सल्लाहकारको जिम्मेवारी सम्हाल्नेछन् ।

डा. कँडेल कानुनी क्षेत्रमा अनुभवी व्यक्तित्व हुन् । उनले बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका छन् ।