३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पदबहाली गर्दै सभामुख अर्यालले भनेः संसदमा तटस्थ र निष्पक्ष भुमिका निर्वाह गर्छु

पदबहाली गर्दै सभामुख अर्यालले भनेः संसदमा तटस्थ र निष्पक्ष भुमिका निर्वाह गर्छु
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गर्नुभएको छ । आईतवार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । यसअघि आईतवार दिउँसो नै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । पदभार ग्रहण गर्दै उहाँले तटस्थ र निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले संसद मुख्यतः प्रतिपक्षीकै हुने भएकोले सत्तापक्ष र प्रतिपक्षलाई समान व्यवार गर्नुपर्ने बताउनु भयो । उहाँले संसद कानून बनाउने थलो भएको भन्दै आफू मुलुक र जनताका आवश्यकताअनुसार कानून निर्माणमा अग्रसर हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, “सभामुखको भुमिका तटस्थ र निष्पक्ष हुनुपर्ने कुरा मैले बुझेको छु । त्यसैअनुसार काम गर्नेछु । यसपटकको सबैभन्दा बलियो प्रतिपक्ष जनता हुनुहुन्छ । विगत र भविष्यमा हुने निर्वाचनभन्दा हालै सम्पन्न निर्वाचन फरक हो । जनताको म्याण्डेटकाने उपज हो यो संसद । त्यसकारण सभामुखको हैसियतमा बस्दै गर्दा मलाई राम्रोसँग थाहा छ यो पटकको बलिया प्रतिपक्षी जनता नै हुन् । प्रतिपक्षमा एक जना मात्रै किन नहोस् त्यो प्रतिपक्ष नै हो । त्यो नै शक्तिशाली हुन्छ । अर्को कुरा सदन भनेको प्रतिपक्षकै हुन्छ ।”

उहाँले कानूनी संरचना निर्माण र त्यसको कार्यान्वयनको लागि समेत आफू प्रतिवद्ध भएको उहाँको भनाइ छ ।