३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चेली अनुस्का ‘मिस वल्र्ड’को उपाधीको लागि भिड्दै, तुन्जीले जिते ‘मिस युनिभर्स’को उपाधी



अ+ अ-

यस वर्षको ब्रह्माण्ड सुन्दरी ‘मिस युनिभर्स’ को ताज दक्षिण अफ्रिकाकी २६ वर्षीया जोजिबिनी तुन्जीले हात पारेकी छन् । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर उनले दिएको प्रस्तुतिका आधारमा तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । नेपाली चेली अनुस्का श्रेष्ठ भने मिस वल्र्डको लागि प्रतिस्पर्धामा उत्रेकी छिन् । उनी टप ४० मा स्थान बनाउन सफल पनि भईसकेकी छिन् ।

प्रतिस्पर्धामा पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवायुवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने बताएकी थिइन् । उनले भनेकी थिएन्, ‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले मिस युनिभर्सका लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई पछि पार्दै उपाधि सुरक्षित पारेकी थिइन् । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइदिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।