३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै
अ+ अ-

काठमाडाैँ । पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती विस्तार गरिएको छ । जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान चौबीस कुरियामा प्रजनन गहुँको मूल बीउको खेती गरी अनुसन्धान थालिएको छ । बीउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको कृषि विकास कार्यालयले जनाएको छ ।

राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यलयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको हो । आत्मनिर्भरताका लागि बीउ उत्पादन कार्यक्रमअन्तर्गत बीउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा हिमगङ्गा, जिङ्कलगायतका जातमा अनुसन्धान भइरहेको राससलाई जानकारी दिइन्। स्थानीय शक्ति कृषि तथा पशुपक्षी फर्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बीउ खेती गरिरहेका हुन् ।

अन्य प्रजातिभन्दा गौतम र भेरीगङ्गा, हिमगङ्गा जातको गहुँको बीउ राम्रो उत्पादन भएको हो । अन्य खेतीभन्दा सजिलो खेती र सिँचाइको पहुँच पुगेको कारण यस क्षेत्रका किसानहरु हिउँदे बालीअन्तर्गत गहुँ खेतीमा लागेका हुन् । गत वर्ष पनि राम्रो गहुँ उत्पादन भएपछि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएपछि अहीले हावा पानी अनुकूल भएको जातको प्रजनन बीउ खेती गरिएको स्थानीय किसान रमेश चापागार्इंले बताए।

कृषक चापागाईंले कृषि प्राविधिक नै आफ्नै खेतवारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकहरुलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताए। कुन भूगोलमा कुन खेती गर्दा प्रशस्त उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना वृद्धि भएको उनको भनाइ छ । बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभाव जस्ता कारणले कृषकको गहुँ खेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि गहुँ खेतीतर्फ आकर्षण बढ्ने उनको भनाइ छ ।

गत वर्ष गहुँका विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकामा अहिलेसम्म चार जात सिफारिसका लागि छनोट भएको उनले बताए। अनुसन्धानपछि एन एल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जातको गहुँ खेतीका लागि सिफारिसको तयारी गरेको बताए। यी प्रजाति समुद्र सतहदेखि ८०० मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ ।