३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रेट हिमालयको टोली बंगलादेशतर्फ



अ+ अ-

काठमाडौं । वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यु १९ टोली योङ ट्यालेन्ट नेपाल, बंगलादेश क्रिकेट प्रतियोगिता खेल्न सोमबार त्यसतर्फ लागेको छ । खेलाडी र अफिसल गरी १४ सदस्य टोली त्यसतर्फ लागेको हो ।

बंगलादेश जाने जेएचसिएको टोलीलाई आज काठमाडौंमा आर्किड इन्टरनेसनल कलेजका निर्देशक विदुर दाहाल र काठमाडौं महानगरपालिका ९ नम्बर वडाका सदस्य राम राईले विदाई गरेका थिए ।मंसिर २४ देखि ३० सम्म ढाका र कक्स बजारमा चल्ने प्रतियोगितामा बंगलादेशका यु १९ खेलाडीसँग बंगलादेश क्रिकेट एकेडेमीमा प्रतिस्पर्धा गर्ने अध्यक्ष सुदीप शर्माले जानकारी दिए ।

वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीलेले यस अघि चार पटक बंगलादेश, भारतमा तीन र दुवईमा दुई पटक भ्रमण गरेको छ । विभिन्न देशको भ्रमण गर्दा युवा खेलाडीहरूको प्रतिभा निखार्न सहयोग पुग्ने अध्यक्ष शर्माले बताए ।