१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रेट हिमालयको टोली बंगलादेशतर्फ



अ+ अ-

काठमाडौं । वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यु १९ टोली योङ ट्यालेन्ट नेपाल, बंगलादेश क्रिकेट प्रतियोगिता खेल्न सोमबार त्यसतर्फ लागेको छ । खेलाडी र अफिसल गरी १४ सदस्य टोली त्यसतर्फ लागेको हो ।

बंगलादेश जाने जेएचसिएको टोलीलाई आज काठमाडौंमा आर्किड इन्टरनेसनल कलेजका निर्देशक विदुर दाहाल र काठमाडौं महानगरपालिका ९ नम्बर वडाका सदस्य राम राईले विदाई गरेका थिए ।मंसिर २४ देखि ३० सम्म ढाका र कक्स बजारमा चल्ने प्रतियोगितामा बंगलादेशका यु १९ खेलाडीसँग बंगलादेश क्रिकेट एकेडेमीमा प्रतिस्पर्धा गर्ने अध्यक्ष सुदीप शर्माले जानकारी दिए ।

वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीलेले यस अघि चार पटक बंगलादेश, भारतमा तीन र दुवईमा दुई पटक भ्रमण गरेको छ । विभिन्न देशको भ्रमण गर्दा युवा खेलाडीहरूको प्रतिभा निखार्न सहयोग पुग्ने अध्यक्ष शर्माले बताए ।