९ असार २०८३, मंगलवार
,
Latest
आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा यसरी सिकाउन थालियो योग



अ+ अ-

तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित आधारभूत विद्यालय कौवाघारीमा सञ्चालनमा आएको योग कक्षा प्रभावकारी भएको छ । उक्त विद्यालयले विसं २०७४ माघदेखि विद्यालयमा योग कक्षा शुरु गरेको योग शिक्षक रोवरबहादुर ढकालले बताए । उनका अनुसार अहिले विद्यालयको सातौँ घण्टीमा उक्त कक्षा सञ्चालन गरिएको छ । अहिले कक्षा ३ देखि ५ सम्मका २० विद्यार्थीले योग कक्षा लिइरहेका छन् ।

योग कक्षा सञ्चालनमा आएपछि विद्यार्थीलाई सहज भएको उनको भनाइ छ । “पहिले योग किताबमा मात्रै पढाइन्थ्यो, अहिले प्रयोगात्मक नै हुने गरेको छ”, उनले भने, “यसले विद्यार्थीलाई चौतर्फी फाइदा भएको छ ।” योग कक्षा शुरु भएपछि विद्यार्थीमा स्वास्थ्य, आहारव्यहार, बोली भाषामा समेत परिवर्तन आएको उनको भनाइ थियो । उनले पतञ्जली योग समितिको समन्वयमा योग कक्षा सञ्चालनमा आएको भन्दै यसप्रति विद्यार्थी आकर्षित रहेको समेत बताए ।

अहिले २० विद्यार्थी रहेका र अन्य विद्यार्थीले समेत इच्छा जाहेर गरे पनि उचित साधन, स्रोत नहुँदा केही समस्या रहेको उनको भनाइ छ । दाङमा उक्त विद्यालयसहित केही निजी विद्यालयले योग शिक्षा सञ्चालन गरिरहेका छन् । योग कक्षा शुरु भएपछि विद्यार्थीको शैक्षिक अवस्थामा पनि सुधार हुँदै गएको प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए ।

दाङको शैक्षिक सुधार गर्न सबै सामुदायिक विद्यालयले यसरी नै योग कक्षा सुधार गर्नुपर्ने दङ्गीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए । “योग स्वास्थ्यका लागि मात्रै नभएर चौतर्फी विकासका लागि अपरिहार्य छ”, उनले भने, “दाङका सबै विद्यालयले यसरी नै योग कक्षा सञ्चालन गर्नुपर्छ ।” पछिल्लो समय जिल्लाका गाउँ–गाउँमा योग गर्ने कार्यको विस्तार गरिँदै आइएको छ ।