६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले खाना पकाउने ग्याँसको तत्काल आवश्यक व्यवस्था मिलाओस्ः जयन्तिदेवी राई



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले खाना पकाउने ग्याँसको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा उनले खाना पकाउने ग्याँसको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिएकी हुन् ।

सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्याँस पाउनुपर्ने उल्लेख गर्दै त्यसको व्यवस्था अझै नभएको भन्दै सरकारको. आलोचना समेत गरिन् ।

उनले भनिन्, “झन्डै तीन महिना भइसकेको छ । हामी सबैले  भोगेका छौँ । अहिले ग्याँसको अत्यन्तै हाहाकार छ । हुनत विश्वका धेरे मुलुकहरुमा यो समस्या आएको छ । तर पनि अहिले यसको विकल्प विद्युतीय चुल्हो भनिएता पनि सानो परिवारलाई मात्रै त्यो ठिक हुने । तर धेरै परिवार वृद्ध, केटाकेटीहरुको ठाउँमा त्यो समस्या भएको छ । र, अहिले १५ दिन लाईनमा बस्नुपर्ने र त्यसो गर्दा पनि ग्याँस नपाइने अवस्था छ । यसको उचित व्यवस्था मिलाउन म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । र सरकारले जनतालाई पैसा तिरेपछि त्यसको सेवा पनि उपलब्ध होस भन्न चाहन्छु ।”

सांसद राईले विद्युतीय चुल्होले पनि ठूलो परिवारको समस्या नटर्ने अवस्था देखिएकाले पनि सरकारले खाना पकाउने ग्याँसको आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।