२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान



अ+ अ-

चितवन। जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ ।

जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो ।

जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर समूहमाथिका र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिन लागिएको उहाँले जानकारी दिनुभयो ।

‘जापानिज इन्सेफ्लाइटिस’का कारण जिल्लामा सन् २०२४ मा एक जनाको मृत्यु भएको थियो भने चार जना सङ्क्रमित भएका जनाइएको छ । सन् २०२५ मा १६ जना सङ्क्रमित हुँदा पाँच जनाको मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ ।

किट नियन्त्रक केसीले यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको बताउनुभयो । रासस