१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर–पश्चिम पाकिस्तानमा प्रहरी चौकी नजिकै भएको विस्फोटमा ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक प्रहरी चौकी नजिकै भएको विस्फोटमा पाँच सर्वसाधारणको मृत्यु भएको छ ।

दुई प्रहरी कर्मचारीसहित अन्य धेरै घाइते भएका छन् । बन्नु जिल्लाको एक प्रहरी चौकीको पछाडिको पर्खालमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्किएपछि विस्फोट भएको स्थानीय प्रहरी स्रोतले बताएको छ ।

शक्तिशाली विस्फोटका कारण प्रहरी चौकीको पर्खाल भत्किएको र भवनभित्रका झ्यालका सिसा फुटेको स्रोतले जनाएको छ । विस्फोटपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो भने ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेर क्लियरेन्स अपरेसन शुरु गरेको थियो ।

स्रोतकाअनुसार विस्फोटमा नजिकैका घरहरूमा पनि क्षति पुगेको छ । जसका कारण सर्वसाधारणको हताहती भएको छ । घाइते र मृतकको शवलाई बन्नुको स्थानीय अस्पतालमा लगिएको छ ।

यस आक्रमणको तत्काल कुनैपनि समूहले जिम्मेवारी लिएको छैन, यद्यपि प्रहरीले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित लडाकुहरू यस क्षेत्रमा सक्रिय रहेको बताएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल