३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’
अ+ अ-

ढोरपाटन (बागलुङ), २२ चैतः नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही चैत २० र २१ गते बागलुङ बजारमा भएको मेलामा गिद्देप्रेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको यात्रा र चुनौतीबारे विमर्श गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको मेलामा पत्रकारिता, पर्यटन, प्रविधिलगायत विभिन्न १० विषयमा छलफल गरिएको थियो । सञ्चारमाध्यमका नयाँ आयामलाई स्वीकार गर्दै सञ्चारसंस्था र पत्रकारलाई गुणस्तरीय तथा विश्वसनीय समाचार सामग्री लेखन-उत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

समय र प्रविधिको गतिअनुसार पत्रकारिता, त्यसमा पनि डिजिटल सञ्चारमाध्यम र सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमको यथोचित उपयोग, यसको उपयोगमार्फत आयआर्जन गर्दै जीवनस्तरमा टेवा पुग्ने नीति तथा कार्यक्रम बनाई कार्यान्वयनका लागि तीनै तहका सरकारसँग घोषणा पत्रमार्फत माग गरिएको छ ।

तत्काल कोरलानाका नियमित सञ्चालन गरेर यसबाट गण्डकी प्रदेशले निर्यात बढाउन सक्ने र त्यसबाट आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सञ्चारमाध्यमले यो विषय उठान गरी सरकारलाई आवश्यक पहलकदमी र नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

बागलुङभित्र र जिल्लाबाट बाहिर रहेर विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वलाई आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतसाधन जन्मभूमिको विकास, समृद्धि र पहिचान अभिवृद्धिमा लगानी गर्न आह्वानसमेत गरिएको छ । घोषणपत्र तथा सञ्चारमाध्यममार्फत यस्ता प्रेरणादायी कथाहरूको प्रवर्द्धन गर्दै ‘जन्मभूमिसँगको सम्बन्ध र योगदान’लाई संस्थागत रूपमा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सङ्घीय सरकारको निर्णय सङ्घीयता, खुला अर्थनीति, प्रेस स्वतन्त्रताको भावना र मर्मविपरीत भएकाले प्रदेश सरकार, स्थानीय तहहरूलाई केन्द्र सरकारको परिपत्र अस्वीकार गर्दै स्वरोजगारमूलक मिडिया, यसमा कार्यरत पत्रकारहरूलाई थप सङ्कटग्रस्त अवस्थामा पुर्याउने भन्दै यसको विरुद्धमा घोषणपत्रमा उल्लेख छ ।

छलफलका क्रममा स्थानीय सञ्चारमाध्यमको दर्ता, सञ्चालन र सवलीकरणमा स्थानीय तहको यथोचित स्थानीय सञ्चार नीति आवश्यक रहेकामा जोड दिइएको छ ।रासस