२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्स सेवाग्राहीले पाउने



अ+ अ-

काठमाडौं । सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ सुरु गरेको छ । नेपाल ल्याएको तीन महिना पछि सरकारले स्मार्ट लाइसेन्स छपाइका लागि मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।

अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताए ।

‘अब ७-७ घण्टाको तीनवटा सिफ्ट बनाएर रातभर पनि लाइसेन्स छाप्छौं,’ उनले भने, ‘कम्तिमा ४ महिनाभित्रै वितरण हुन बाँकी सबै लाइसेन्स चालकलाई दिन्छौं ।’

यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने दाबी हमालको छ ।