१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्स सेवाग्राहीले पाउने



अ+ अ-

काठमाडौं । सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ सुरु गरेको छ । नेपाल ल्याएको तीन महिना पछि सरकारले स्मार्ट लाइसेन्स छपाइका लागि मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।

अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताए ।

‘अब ७-७ घण्टाको तीनवटा सिफ्ट बनाएर रातभर पनि लाइसेन्स छाप्छौं,’ उनले भने, ‘कम्तिमा ४ महिनाभित्रै वितरण हुन बाँकी सबै लाइसेन्स चालकलाई दिन्छौं ।’

यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने दाबी हमालको छ ।