१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आन्तरिक सामर्थ्य बलियो नभए वाह्य शक्तिले खेल्छन्ः पूर्वपरराष्ट्रमन्त्री साउद

आन्तरिक सामर्थ्य बलियो नभए वाह्य शक्तिले खेल्छन्ः पूर्वपरराष्ट्रमन्त्री साउद
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री साउदले परराष्ट्र नीति र निर्वाचनको मूल्याङ्कनलाई जोडेर हेर्दा आन्तरिक र वाह्य पक्षको सन्तुलन महत्वपूर्ण हुने बताउनु भयो ।

नेपालको संविधानले नै असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गरेको स्मरण गराउँदै साउदले व्यावहारिक रूपमा पनि असंलग्न रहनु नै नेपालको हितमा रहेको बताउनु भयो ।

नेपाल दुई ठूला उदीयमान अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै साउदले परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले नेपालको बढ्दो व्यापार घाटा र परनिर्भरताप्रति चिन्ता व्यक्त गर्नुभयो । हालैको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयका बारेमा टिप्पणी गर्दै साउदले नयाँ शक्तिसामु चुनौतीका पहाडहरू रहेको बताउनु भयो । विशेष गरी वैदेशिक रोजगारीमा गएका युवाहरूलाई स्वदेशमै रोजगारी दिने आश्वासन पूरा हुन नसके त्यसले भविष्यमा अर्को विद्रोह निम्त्याउन सक्ने उहाँको चेतावनी छ ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति एउटा बृहत् विषय हो भने निर्वाचन आन्तरिक अभ्यास । तर, जबसम्म आन्तरिक रूपमा राजनीतिक दलहरू परिपक्व भएर राष्ट्रिय चुनौतीमा एक हुँदैनन्, तबसम्म बाह्य शक्तिहरूले खेल्ने मौका पाउँछन् ।

हाम्रो पहिलो प्राथमिकता आन्तरिक सुरक्षा, अखण्डता र सार्वभौमिकता हुनुपर्छ । परराष्ट्र नीति गणितीय हुँदैन, यो हाम्रा हितहरूले निर्धारण गर्ने सन्तुलनमा आधारित हुनुपर्छ । हाम्रो बजारमा कि चिनियाँ सामान छ कि भारतीय । आफ्नै उत्पादन नहुँदा नेपालीको जीवनस्तर महँगीले दुरूह बनेको छ । अबको विदेश नीतिले आर्थिक समृद्धिका स्रोतहरू पहिल्याउनुपर्छ ।’

छिमेकी मुलुकहरूमा दशकौँदेखि एउटै राजनीतिक परिपाटी स्थिर रहेको उदाहरण दिँदै साउदले नेपालमा भने छिटो–छिटो हुने सरकार र व्यवस्था परिवर्तनले विकासमा बाधा पु¥याएको बताउनुभयो । उहाँले शासनको ढाँचा र राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक दलबीच न्युनतम सहमति र स्थिरता हुनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल