१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ: अध्यक्ष चन्द्रप्रसाद ढकाल



अ+ अ-

भैरहवा (रुपन्देही), २१ चैतः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन योजना (पिएसपिपी)को स्वागत गर्दै त्यसले देशको आर्थिक उन्नयनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशको भैरहवामा भएको आठौँ सभामा उहाँले उक्त योजना निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्यका साथ सरकारले प्रस्तुत गरेको बताउँदै त्यसलाई निजी क्षेत्रले सकारात्मक ठानेको उल्लेख गर्नुभयो ।

“हामीले वर्षौँदेखि निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि ठोस कार्ययोजनाको माग गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो प्रस्तावलाई स्वीकार गरेकामा हामी आभारी छौँ ।”

शिक्षण संस्थालाई ‘शान्ति क्षेत्र’ घोषणा गरिए जस्तै निजी क्षेत्रलाई निर्वाध रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरुबीच कार्यगत एकता अपरिहार्य भएको बताउनुभयो ।रासस