३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता
अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त हुनुभएकामा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गृहमन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालीम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ती क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताउनुभयो ।

राजदूत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोग प्रति आफूहरु कृतज्ञ रहेको बताउनुभयो । बेलायतमा बस्ने नेपालीको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफूहरु गम्भीर रहेको बताउँदै अहिले धेरै समस्या समाधान भइसकेको उहाँको भनाइ छ । भेटवार्तामा राजदूत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने जानकारी समेत दिनुभयो ।