१४ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा यात्रुवाहक रेल दुर्घटनाः २४ जना घाइते



अ+ अ-

काठमाडौँ। रुसको उल्यानोव्स्क क्षेत्रमा शुक्रवार एउटा यात्रुवाहक रेलका सातवटा डिब्बा लिकबाट बाहिरिँदा (डिरेल हुँदा) घाइते हुनेको संख्या २४ पुगेको छ ।

रसियन रेल्वेका अनुसार मस्कोबाट चेल्याबिन्स्क सहरतर्फ गइरहेको उक्त रेल मस्को समयअनुसार बिहान ६ः२६ बजे ब्रायन्डिनो स्टेशन नजिकै दुर्घटनामा परेको हो ।

प्राप्त जानकारीअनुसार उक्त रेलमा जम्मा आठवटा डिब्बा थिए र त्यसमा ४ सय भन्दा बढी यात्रुहरू सवार थिए । रेल के कारणले लिकबाट बाहिरियो भन्नेबारे तत्काल खुल्न सकेको छैन ।

चेल्याबिन्स्क क्षेत्रका गभर्नर एलेक्सी टेक्सलरले दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिनुभयो । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त रेलबाट यात्रुहरूको उद्धार कार्य जारी छ र उनीहरूलाई उल्यानोव्स्क स्टेशनतर्फ पठाइँदैछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल