५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी



हर्क सम्पाङ
अ+ अ-

काठमाडौं। श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा दाबी गर्ने भएको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङले समाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला सांसदलाई उम्मेदवार बनाउन लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९ ?