४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कार्यालयमा विचौलिया निषेध



अ+ अ-

रौतहट। रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई बिभिन्न बाहनामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा यमुनमाई गाउँपालिक –२का सिकित नारायण, राजदेवी नगरपालिका –७ का बब्लुप्रसाद यादव, सोही ठाउका श्याम बिहारी यादव, परोहा नगरपालिक–७ का रामनरेशप्रसाद पटेल र गौर नपालिका–८ का राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभएको छ ।

प्रहरीले गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं ३ स्थित जिल्ला अदालत, वडा नं ५ स्थित मालपोत कार्यालयलगायतका स्थानबाट ती व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।

सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भनि अनावश्यक झनझट दिने, तान्ने हैरानी गर्ने, सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा जाने र सोवापत अनुचित लाभ लिनेलगायतका कार्य गरेको भेटेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।

यसैबीच प्रहरीले जारी माध्यामिक शिक्षा  परीक्षामा अनलाइन माध्यमबाट चिट चोरेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो । रासस