१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने
अ अ+ अ-

पोर्चुगल। पोर्चुगल सरकारले काठमाडौँमा आफ्नो कन्सुलर कार्यालय खोल्ने घोषणा गरेको छ ।

पोर्चुगलको विदेश मन्त्रालयले मन्त्रालयको आधिकारिक सामाजिक सञ्जाल ‘फेसबुक र एक्स’ मार्फत उक्त घोषणा गर्दै काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्ने जनाएको हो ।

नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने पोर्चुगल सरकारको निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित, सहकार्य र सहयोग अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपालले पोर्चुगल सरकारसँग काठमाडौँमा पोर्चुगलको दूतावास स्थापना गर्न आग्रह गर्दै आएको थियोे ।

काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने भएपछि पोर्चुगलमा रहेका नेपालीलाई सहज हुने भएको छ । यसबाट भिसा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवाका लागि भारतको नयाँदिल्ली धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

नेपालमा पोर्चुगलको कूटनीतिक उपस्थिति हुने भएसँगै दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि तथा प्रविधिलगायत क्षेत्रमा सहकार्य र सहयोग अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच बुधबार टेलिफोन वार्ता भएको थियोे । टेलिफोन वार्तामा मन्त्री खनालले सक्कली प्रहरी रिपोर्टमा भएको नक्कली छाप (फेक स्ट्याम्प)का कारण पोर्चुगलको कागजी प्रक्रियामा रहेका दुई हजारभन्दा बढी नेपाली नागरिकले भोग्नुपरेका कानुनी तथा प्रक्रियागत समस्याका बारेमा विदेशमन्त्री रान्जेलसमक्ष ध्यानाकर्षण गराउँदै सहजीकरणका लागि आग्रह गर्नुभएको थियोे ।

सो अवसरमा विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्दै कानुनी तथा प्रक्रियागत कठिनाइमा परेका नेपाली नागरिकका मुद्दा मानवीय दृष्टिकोणबाट समीक्षा गर्न सम्बन्धित निकायसँग सकारात्मक रूपमा पहल गर्ने आश्वासन दिनुभएको थियोे । रासस