१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
अ अ+ अ-

मुस्ताङ। मुक्तिनाथधामस्थित दर्शनार्थी विश्रामस्थल प्राङ्गणमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन् ।

नेपाली सेनाको जोमसोमस्थित इन्द्रबक्स गणको आयोजनामा बिहीबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

समुद्री सतहको तीन हजार ८०० मिटर उचाइमा अवस्थित मुक्तिनाथ क्षेत्रमा पुगेका कतिपय दर्शनार्थीलाई हाइअल्टिच्युडको समस्या देखिने गर्छ । मुक्तिनाथ दर्शनार्थीलाई लक्षित गरी नेपाली सेनाको इन्द्रबक्स गणले मुक्तिनाथमा एकदिने शिविर सञ्चालन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो ।

सेनाको निःशुल्क शिविरमा स्वास्थ्यमा समस्या भएका दीर्घरोगका बिरामी, ज्येष्ठ नागरिकलगायतको स्वास्थ्य परीक्षण भएको व्यवस्थापक भुसालले जानकारी दिनुभयो । उच्च उचाइको स्थानमा आउने पर्यटक तथा दर्शनार्थीलाई अक्सिजनको लेवल कम हुने भएकाले ‘हाइअल्टिच्युड’को समस्या देखिने गरेको व्यवस्थापक भुसालको भनाइ छ ।

नेपाली सेनाका निःशुल्क स्वास्थ्य शिविरमा स्वदेशी भक्तजन १२२ जना, भारतीय दर्शनार्थी ४० जनाले स्वास्थ्य लाभ लिएको इन्द्रबक्स गणले जनाएको छ । त्यसैगरी, शिविरमा पोल्यान्डका पाँच पर्यटक र साउथ कोरियन पर्यटक एक गरी छ जना विदेशीले पनि शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जना दर्शनार्थीलाई प्रोटेबल अक्सिन प्रयोग गरी हाइअल्टिच्युड सिग्नेसको परीक्षण गरी उपचार गरिएको इन्द्रबक्स गणले बताएको छ ।

मुक्तिनाथमा सञ्चालन गरिएको स्वास्थ्य शिविरका लागि इन्द्रबक्स गणबाट एक जना चिकित्सकसहित पाँच स्वास्थ्यकर्मी खटिएका थिए । शिविरमा परीक्षण गर्न आएकाहरूको हाइअल्टिच्युड सिग्नेस, श्वासप्रश्वासको समस्या, उच्च रक्तचापलगायत सामान्य प्रकारको स्वास्थ्य परीक्षण गरिएको थियो । रासस