३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ ।

स्टकका अनुसार आज कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर रु ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये उत्पादन उपसमूहको शेयरमात्र ओरालो लागेको छ ।

सो उपसमूहको शेयर ३०.३२ अङ्कले घटेको छ । बैंकिङ ४.२७, व्यापार २९.५६, होटल २२.७९, विकास बैंक १६.८, हाइड्रोपावर ६.२, फाइनान्स ६.२४, निर्जीवन बीमा ११३.१३, अन्य ५.१४, माइक्रोफाइनान्स ५७.०८, जीवन बीमा ७९.२८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंक लिमिडेटको संस्थापक शेयर शीर्षस्थानमा रह्यो । सो बैंकको शेयर रु छ करोड ४१ लाख ६१ हजार ६४८ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल बैंक लिमिटेडको रु तीन करोड ६ लाख ९४ हजार २४८, लुम्बिनी विकास बैंकको रु दुई करोड ८७ लाख चार हजार २४०, एनएमबी बैंक लिमिटेडको रु दुई करोड ७२ लाख ३६ हजार ६४० र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड दुई लाख ५० हजार ८९६ मा खरिदबिक्री भयो । नेप्से दोहोरो अङ्कले बढे पनि युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा बढी गुमाए । सो कम्पनीका लगानीकर्ताले ३.९५ प्रतिशतले गुमाए ।

यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेड ३.८९, नेपाल बैङ्गलादेश बैंक लिमिटेड (संस्थापक) ३.३८, सिटिजन म्युचुअल फन्ड–१ का शेयरधनीले १.८३ र माछापुछ्रे बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए ।

आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाए । सो संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाउँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ९.९५, युनाइटेड इन्सुरेन्स कम्पनी नेपाल र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.८७, नयाँ नेपाल लघु वित्त विकास बैंक ९.८६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ८.०७ प्रतिशतले कमाए ।




भर्खरै