३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छः उपराष्ट्रपति यादव

व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छः उपराष्ट्रपति यादव
फाइल फोटो
अ+ अ-

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमी व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्ने बताउनुभएको छ ।

महिला उद्यमीहरुको उत्पादनलाई बिक्री प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ९औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दीगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको बताउनुभयो ।

“महिला उद्यमशिलताले व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको सम्वाहक भूमिका निर्वाह गर्छ, महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ, महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ, यसबाट रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

उपराष्ट्रपति यादवले व्यापार मेलाबाट जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरूको उत्पादनलाई बजारसम्म पु¥याउन र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्यमशिलताले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउँदा समाजलाई समावेशी बनाउने उल्लेख गर्दै उहाँले स्थानीय स्रोत र सीपमा आधारित उत्पादनले वातावरणमैत्री तथा दीगो विकासलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले मेलाले महिला उद्यमशीलताको राष्ट्रिय अभियानलाई सहयोग पुर्याउने जानकारी गराउनुभयो । महिला उद्यमी महासङ्घमा हाल पाँच हजार ७०० भन्दा बढी महिला आबद्ध रहेका उहाँले जानकारी दिनुभयो । मेला तीन दिनसम्म चल्नेछ ।