११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

 शहीद परिवारको पीडालाई पहिलो प्राथमिकता दिनुपर्ने लामिछानेको जोड



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय तथा आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले न्यायको सबैभन्दा ठूलो हतारो आफ्ना सन्तान गुमाएका आमाहरूलाई हुने उल्लेख गर्दै उनीहरूको आँसु पुछ्ने काम राज्यको पहिलो दायित्व हुनुपर्ने धारणा राखे । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरिएको हो भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले न्यायको वास्तविक हतारो बालबालिका गुमाएका परिवारसँग हुने बताएका हुन् ।

उनले शहीद तथा घाइते परिवारको न्याय प्राप्त गर्ने अधिकार प्राथमिकतामा पर्नुपर्नेमा जोड दिँदै राजनीतिक रूपमा पनि उनीहरूको पीडालाई बेवास्ता गर्न नहुने बताए । उनले भने, “न्यायको हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई होला नि । त्यो जति हतारो अरू कसैलाई पनि हुँदैन । न्यायको हक सबैलाई छ, तर शहीदका आमाको आँसु पुछ्ने काम सबैभन्दा पहिला हुनुपर्छ ।”

सभापति लामिछानेले आफ्नो पार्टी र नेतृत्व निरन्तर ‘पब्लिक अडिट’ मा रहेको उल्लेख गर्दै हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णय नागरिकको निगरानीमा रहेको बताए । उनले रास्वपाका सबै निर्णय पारदर्शी हुने र जनअपेक्षाअनुसार नै पार्टी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।