१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा व्यावसायिक एलपीजीको मूल्य प्रतिसिलिण्डर २ अमेरिकी डलरले बढ्यो



अ+ अ-

काठमाडौँ। मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्यमा भएको वृद्धिका कारण भारतमा बुधवारदेखि लागू हुनेगरी १९ केजीको व्यावसायिक खाना पकाउने ग्यास (एलपीजी) को मूल्य १९५.५० भारतीय रुपैयाँ (करिव २.०९ अमेरिकी डलर) ले वृद्धि गरिएको छ ।

व्यावसायिक एलपीजी होटल र रेस्टुरेण्टहरूमा खाना पकाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । यद्यपि १४.२ केजीको घरेलु एलपीजी सिलिण्डरको मूल्य भने ९ सय १३ भारतीय रुपैयाँ (करिव ९.७७ अमेरिकी डलर) मा यथावत रहेको छ ।

मूल्य वृद्धिपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा व्यावसायिक एलपीजी सिलिण्डर २ हजार ७८ रुपैयाँ ५० पैसा भारतीय रुपैयाँ (करिव २२.२५ अमेरिकी डलर) मा उपलब्ध हुनेछ ।

यसैबीच संघीय सरकारले मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ र एलपीजीको निरन्तर उपलब्धता सुनिश्चित गर्न विभिन्न कदम चालिरहेको बताएको छ ।

आन्तरिक खपतलाई सहयोग पु¥याउन रिफाइनरीहरूबाट घरेलु एलपीजी उत्पादन बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल