६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको भिमादमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

तनहुँ । तनहुँको भिमादस्थित जनज्योति उच्च मावि विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शनिबार तनहुँ सेवा हस्पिटल दुलेगौंडा र रिजनल हस्पिटल पोखराको प्राविधिक तथा रोट्र्याक्ट क्लब भिमादको व्यवस्थापन एवं बाराही स्वास्थ्य क्लिनिकको आयोजनामा उक्त शिविर सञ्चालन भएको हो । 

शिविरबाट ५४६ जनाले स्वास्थ्य लाभ लिएको रोट्र्याक्ट क्लब भिमादका उपाध्यक्ष प्रकाश लम्सालले जानकारी दिए । 

शिविरमा भिडियो एक्स-रे, इसीजी, ल्याब परिक्षण, डिजिटल एक्स-रे को निःशुल्क सेवा उपलब्ध गराइएको थियो भने विरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको लम्सालले बताए । 

रोट्र्याक्ट क्लब भिमादले यसअघि पनि विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ । यसै महिनामा शिवरात्रिको दिन भिमादमै अवस्थित शिव पाञ्चायन मन्दिरमा रोट्र्याक्ट क्लब भिमादले स्वयंसेवकको भूमिकासमेत निर्वाह गरेको थियो ।