५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित पीएसजी च्याम्पियन्स लिगको नकआउटमा प्रवेश



अ+ अ-

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले पराजित गर्यो ।

मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । यस सिजनको च्याम्पियन्स लिगमा नेयमारको पहिलो गोल हो ।

केलियन एमबाप्पले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका हुन् । खेल सकिन ६ मिनेट अघि ईडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ५–० को प्रभावशाली जित दिलाए ।