१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति थापालाई सम्मान



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ ।

नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा आज सम्मान गरेको हो ।

सङ्घका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकालसहित सङ्घका पदाधिकारी तथा सदस्यहरुको टोलीले लोकतन्त्र, सुशासन, सामाजिक न्याय, समृद्ध नेपालको दृढ सङ्कल्पसहित अघि बढेर नेतृत्वदायी भूमिका खेलेको भन्दै सभापति थापालाई सम्मान गर्नुभएको हो ।

सङ्घले होटल, पर्यटन र व्यवसायी क्षेत्रको संरक्षणमा नेपाली कांग्रेसले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा व्यवसाय क्षेत्रको सुदृढीकरणमा कांग्रेसले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।  रासस