१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतुवागढीमा घुम्ती सेवा



अ+ अ-

भोजपुर। भोजपरको हतुवागढी गाउँपालिकामा घुम्ती सेवा सुरु गरिएको छ । हतुवागढीको केन्द्र घोडेटारमा नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आजदेखि सो सेवा आरम्भ गरिएको हो ।

दुर्गम क्षेत्रबाट प्रशासनीक सेवा लिनका लागि सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले घुम्ती सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । हतुवागढी र आमचोक गाउँपालिकामा तीन–तीन दिन उक्त सेवा सञ्चालन गरिने छ ।

“नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै घुम्ती सेवा सुरु गरेका हौँ,” प्रजिअ पौडेलले भन्नुभयो । हतुवागढीमा यही चैत १९ देखि २१ गतेसम्म र आमचोकमा चैत २२ देखि २४ गतेसम्म सो सेवा प्रदान गरिने छ । यसबाट हतुवागढीका नौ तथा आमचोकका १० वडाका बासिन्दाले घरआँगनमै सेवा पाउने छन् । रासस