१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छः प्रमुख अधिकारी

ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही हुन्छः प्रमुख अधिकारी
अ अ+ अ-

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताउनुभएको छ ।

यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न समेत नआउने चालकहरूलाई अब नछोडिने स्पष्ट पार्नुभयो ।

एसएसपी अधिकारीले ट्राफिक प्रहरीको पहिलो मिसन नै व्यवहारमा परिवर्तन ल्याउनु रहेको बताउनु भयो । उहाँले प्रहरी पनि समाजकै हिस्सा भएको स्वीकार गर्दै कमी–कमजोरी भए सुधार्दै लैजाने प्रतिज्ञा समेत गर्नुभयो ।

उहाँले राजश्व खातामा गएको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भन्दै यसमा स्पष्ट हुन आग्रह गर्नुभयो । सार्वजनिक यातायातमा १० प्रतिशत खराब आचरण भएका मजदुरका कारण ९० प्रतिशत राम्रा मजदुरहरू बद्नाम भइरहेको एसएसपी अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यदि कुनै ट्राफिक प्रहरीले अपारदर्शी ढंगले काम गर्छ वा नराम्रो व्यवहार गर्छ भने मलाई सिधै जानकारी दिनुस्, हामी तत्काल एक्शन लिन्छौँ । कसैलाई पनि पेशागत मर्यादा बाहिर गएर व्यवहार गर्ने छुट छैन । शरीरभरि मुन्द्रा लगाउने, कपाल ठाडो पार्ने र अभद्र पोशाक लगाउने चालक–सहचालकका कारण यात्रुहरू डराउने अवस्था छ । आफ्नो चालक र सहचालकको हुलिया र गेट–अप चेन्ज गर्नुस् । हामी उनीहरूलाई तालिम दिन तयार छौँ ।’

यातायात क्षेत्रमा रहेको ‘ठेक्का प्रणाली’ (दिनको निश्चित रकम बुझाउनुपर्ने नियम) का कारण चालकहरूले तिब्र गतिमा गाडी कुदाउने र लुछाचुँडी गर्ने गरेको उहाँले औंल्याउनु भयो ।

यसको सट्टा ई–टिकटिङ र अनलाइन सिस्टममा जान व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो । बिहानै स्कुल बस र सार्वजनिक सवारीका चालकहरू मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवन गरेर चलाइरहेको भेटिएको भन्दै ट्राफिक प्रहरी यसमा निकै कठोर हुने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल