१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुस्ती टोलीको बिदाइ



अ+ अ-

काठमाडौं। नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कांस्य जितेका थिए ।

प्रशिक्षकमा मुम्ताज अली इद्रिसी रहेका छन् । खेलाडीसहितको ३ सदस्यीय टोली चैत २४ गते किर्गिस्तान जाने छन् ।

अप्रिल ५ तारिखमा किर्गिस्तानमै हुने युनाइटेड वल्र्ड रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा भाग लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य समेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गरे ।