९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नहरमा मृत भेटिए युवक



अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

“प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ”, प्रवक्ता चन्दले भने, “घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।” घटनास्थलको प्रहरीे टोली मचुल्का गरिरहेको छ ।