३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानू मण्डलबारे सोध्दा भड्किए हिमेश: भने, ‘म उनको म्यानेजर होइन’



अ+ अ-

रातारात आफ्नो गीतमार्फत् इन्टरनेट सेन्सेशन बनेकी रानू मण्डल आजभोली भने विवादित घेरिएकी छिन् । हिमेश रेशमियामार्फत् यति ठूलो मौका पाएपछि पनि रानू मण्डलको जीवनमा चुनौतीको पहाड भने कम भएको छैन । प्रशंसकसँग सेल्फी खिच्न नमानेको खबरका कारण उनी चर्चामा आएकी थिइन् । पछिल्लो पटक उनको भारी मेकअपको चर्चा निकै लामो समयसम्म रह्यो ।

हिमेशले भने, ‘म रानूको म्यानेजर होइन’अहिले हिमेश रेशमिया आफैं पनि रानू मण्डलका कारण चिन्तामा भएको देखिन्छन् । हालै मुम्बईमा भएको एक कार्यक्रममा हिमेशसँग रानू मण्डलको विषयमा प्रश्न सोध्दा उनले आफू रानूको म्यानेजर नभएको बताएका छन् ।

जब हिमेश रेशमियासँग उनी रानू मण्डलाई पुनः गीत गाउने मौका दिनुहुन्छ भनेर प्रश्न सोधियो तब उनले सिधा जवाफ नदिइकनै भने, ‘म रानू मण्डलका लागि अन्य संगीतकर्मीसँग पनि कुरा गर्नेछु किनभने उनको आवाज निकै सुरिलो छ ।’