११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखक पक्राउप्रति एमालेको आपत्ति, रिहाइको माग



गुरू प्रसाद बराल
अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सरकारले असंवैधानिक रूपमा बन्दी बनाइएको भन्दै कडा आपत्ति जनाएको छ ।

बैठकको प्रारम्भमै बोल्दै एमाले सांसद गुरु बरालले सरकार संविधानविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभयो । उहाँले ओली र लेखकको पक्राउलाई असंवैधानिक भन्दै तत्काल रिहाइको माग गरे ।

सांसद बरालले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार र समानताको हक सुनिश्चित गरेको उल्लेख गर्दै सरकार त्यही संविधानको उल्लङ्घन गरिरहेको दाबी गर्नुभयो । उहाँले आन्दोलनका क्रममा एमाले सांसदहरू राज्य दमनबाट घाइते भएको पनि संसदमा जानकारी गराए ।

उनले सरकारलाई संविधानअनुसार सञ्चालन हुन ध्यानाकर्षण गराउँदै घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न समेत माग गरे  ।

उनले भने, “आज देशमा संविधानको खिलाप गतिविधिहरू भइरहेका छन् । संविधानमा हरेक नागरिकले सम्मानपूर्वक बाँच्न, पाउने र समानताको हक प्रदान गरेको छ । सभामुखज्यूमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक छ ।”

एमालेले संसदमार्फत उठाएको यस विषयले राजनीतिक वातावरण थप तातिएको देखिएको छ ।