४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

व्यवसायी प्रवर्द्धनका लागि नीतिगत सुधारमा लागिरहेका छौं: मन्त्री पौडेल

व्यवसायी प्रवर्द्धनका लागि नीतिगत सुधारमा लागिरहेका छौं: मन्त्री पौडेल
अ+ अ-

काठमाडाैँ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले व्यवसायी प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।

नर्सरी व्यवसायी महासंघले राजधानीमा आयोजना गरेको एक प्रदर्शनीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नर्सरी तथा पुष्प व्यवसायको विकासका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार व्यवसायीहरूले भोगिरहेको मुख्य चुनौती आन्तरिक प्रतिस्पर्धाभन्दा पनि विदेशी आयातित वस्तुसँगको प्रतिस्पर्धा रहेको छ।

मन्त्री पौडेलले बागमती प्रदेश सरकारले प्लास्टिकका फूलहरूको प्रयोगलाई निषेध गर्ने नीति लिएको जानकारी दिँदै उक्त निर्णय कार्यान्वयनमा ल्याउन सरकार सक्रिय रहेको बताए। उनले नीति प्रभावकारी बनाउन स्थानीय तहको अनुगमन अत्यावश्यक रहेकोमा पनि जोड दिए।

उनले भने, “हाम्रो मुख्य ध्यान व्यवसायी प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारमा केन्द्रित छ। व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धाभन्दा पनि विदेशी सामानसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। त्यसैले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ।”

उनका अनुसार प्रदेश सरकारले प्लास्टिकका फूलहरूको प्रयोग घटाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अघि सारेको छ। साथै, सरकारी निकायहरूमा प्लास्टिकका फूलहरूको प्रयोग निषेध गर्ने निर्णय समेत कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए।

मन्त्री पौडेलले बजार अनुगमनको प्रभावकारी कार्यान्वयन स्थानीय तहबाट हुनुपर्ने बताउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न केन्द्रदेखि स्थानीय तहसम्म समन्वय आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, उनले नेपाली किसान र व्यवसायीलाई विदेशी आयातित वस्तुको प्रतिस्पर्धाबाट जोगाउन नीतिगत सहयोग आवश्यक रहेको बताए। उनले गोदावरी, सयपत्री र मखमली जस्ता स्वदेशी फूलहरूको प्रयोग पर्व तथा अन्य अवसरहरूमा बढाउनुपर्नेमा पनि जोड दिए।