३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
फाइल फाेटाे
अ+ अ-

काठमाडाैँ । दुर्गम पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार गर्नका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । जिल्लाका नागरिकले पनि स्थानीयस्तरमा सहज रूपमा स्वास्थ्य सेवा नपाउँदा आकस्मिक तथा गम्भीर प्रकृतिका बिरामीले थप उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । पूर्वका भोजपुर, खोटाङ, सङ्खुवासभालगायत जिल्लाका नागरिकले स्वास्थ्य सेवा लिनका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या छ ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि भोजपुर नगरपालिका–६ घर भएका पञ्चकन्या माविका शिक्षक गणेश प्रधानलाई हेलिकप्टर चार्टर गरेर आज नर्भिक अस्पताल काठमाडौँ पठाइएको छ । जिल्लामा २०३५ सालदेखि हवाई उडान सुरु भए पनि नियमित उडान भएको छैन । यहाँ नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँका लागि सातामा तीन उडान मात्र भर्दै आएको जिल्लास्थित निगमका प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । “तालिकाका दिन मौसम खराब भएमा नियमित उडान हुँदैन ।

सदरमुकाममा हेलिकप्टरको आवाज सुन्नसाथ जिल्लामा बिरामी लिन आएछ भनेर थाहा हुन्छ । स्थानीय टुँडिखेलमा विगतमा नेपाली सेना र सरकारका मन्त्री आउँदा मात्र हेलिकप्टर आउनेमा पछिल्लो समय बिरामी लिनका लागि आउने गरेका छन्”, उनले भने । जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाका साथै पर्याप्त प्रविधिसमेत नभएकाले उपचारका लागि नागरिक अन्यत्र जानुपर्ने समस्या रहेको स्थानीय सञ्जीव कार्कीले बताए।

उनले भने, “बिरामीको अवस्था गम्भीर हुने र उपचारका लागि जतिसक्दो चाँडो लैजानुपर्नेलाई हेलिकप्टर चार्टर गरी लैजाने गरिएको छ, यो यहाँका नागरिकको बाध्यता हो ।”

हेलिकप्टर चार्टर गरी बिरामी लैजाँदा लाखौँ खर्च गर्नुपर्ने भएकाले न्यून आर्थिक अवस्था भएका सबैभन्दा बढी मार पर्ने गरेका कार्कीको भनाइ छ । “महँगो शुल्कमा हेलिकप्टर चार्टर गर्न बिरामीका आफन्त तयार हुने भए पनि कसरी हेलिकप्टर चार्टर गर्नेमा भन्नेमा समस्या हुने गरेको छ”, उनले भने । स्थानीय यदु सुवालका अनुसार ग्रामीण क्षेत्रका सहज रूपमा स्वास्थ्य पहुँच विस्तार हुनु आजको आवश्यकता हो । दुर्गम जिल्लाका नागरिकका यस्ता समस्यालाई सरकारले सम्बोधन गरी समाधानका विकल्प खोज्नुपर्नेमा उनले जाेड दिए ।